काठमाडौं । जेन–जी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या बढेर ७२ पुगेको छ। प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा मुख्यसचिव एकनारायण अर्यालले यस्तो जानकारी दिएका हुन्।

उनका अनुसार मृतकमध्ये ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी रहेका छन्। त्यस्तै १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका तथ्यांक पनि उनले सार्वजनिक गरे।

advertisement

भदौ २३ गते भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धविरुद्ध आन्दोलनमा उत्रिएका युवाहरू र सुरक्षाकर्मीबीच व्यापक झडप भएको थियो। सो क्रममा गोली प्रहार, आगजनी र तोडफोडका कारण धेरैले ज्यान गुमाएका हुन्।

मृतकको पूर्ण सनाखत अझै हुन सकेको छैन। जलेका स्थान सफा गर्ने क्रममा शव भेटिने क्रम जारी छ। आज बिहान मात्र चाबहिल चुच्चेपाटीस्थित भाटभटेनी पसलमा थप ६ वटा शव फेला परेका छन्।

प्रकाशित मिति: २९ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com