काठमाडौं । दिक्तेल रुपाकोट मजुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) र धरान उपमहानगरका मेयर हर्क साम्पाङलाई मर्यादामा रहेर काम गर्न आग्रह गरेका छन्।

पछिल्लो समय सामाजिक सञ्जालमार्फत दुई मेयरबीच देखिएको कटाक्ष र टिकाटिप्पणीप्रति असन्तुष्टि व्यक्त गर्दै मेयर भट्टराईले यसले सम्पूर्ण स्थानीय जनप्रतिनिधिको गरिमामाथि असर परेको टिप्पणी गरेका हुन्।

advertisement

उनले लेखेका छन्, ‘भ्रष्टाचार नियन्त्रणलगायतका मुद्दा उठाउँदै जेन्जी आन्दोलन भएका दिनदेखि नै दुवै मेयर चर्चामा रहनुभएको थियो। तर पछिल्लो समय सामाजिक सञ्जालमार्फत भालेजुधाई खेलिरहनु भएको गतिविधिले हामी सबै स्थानीय सरकारका प्रतिनिधिको शिर निहुरिने अवस्था आएको छ।’

उनका अनुसार अहिले देश नै आहत भएको अवस्थामा स्थानीय सरकार प्रमुखहरूले आपसी कटाक्ष र अमर्यादित अभिव्यक्तिबाट होइन, हातेमालो र सहकार्यमार्फत नागरिकको विश्वास जित्नुपर्ने बेला हो।

मेयर भट्टराईले चेतावनी दिंदै भनेका छन्, ‘यस्तै शैली जारी रह्यो भने नागरिकबाटै तिरस्कारको सामना गर्नु पर्ने अवस्था आउन सक्छ। एउटाले विगार्दा सबैलाई असर पर्छ, त्यसैले सम्मान, सद्भाव र सहकार्य बढाउँदै अघि बढ्न आवश्यक छ।’

प्रकाशित मिति: ४ आश्विन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com