काठमाडौं । ऊर्जा, भौतिक योजना तथा सहरी विकास मन्त्री कुलमान घिसिङले मुलुकमा सुशासन कायम गर्न सम्झौता हुँदैन भन्ने स्पष्ट पारेका छन्।

आइतबार सिंहदरवारमा नेपाल निर्माण व्यवसायी महासंघसँगको छलफलमा मन्त्री घिसिङले मुलुकमा ठूलो आन्दोलनपछि परिवर्तनको अवसर आएको हुँदा अब सुशासन कायम गर्न कुनै सम्झौता गर्न नहुने बताए। उनले देशमा देखिएको निराशा हटाउन सबै पक्ष सक्रिय हुनुपर्ने र मन्त्रालय तथा सचिवहरूले सरकारको निर्देशन पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने पनि बताए।

advertisement

घिसिङले समयमै आयोजना पूरा नगर्ने जिम्मेवारसँग सम्झौता तोडिने चेतावनी दिएका छन्।

छलफलपछि महासंघका अध्यक्ष रवि सिंहले जेन–जेड पुस्ताको आन्दोलनपछिको निर्माण क्षेत्रको अवस्था, रुग्न योजना खारेज गर्दा पर्न सक्ने असर, र भ्रष्टाचार व्याप्त क्षेत्रका उपभोक्ता समिति खारेज गर्ने सुझावबारे छलफल भएको जानकारी दिए।

सिंहका अनुसार, वर्तमान सरकारले निर्माण उद्योगसहित मुलुकको अर्थतन्त्रलाई प्रभावित गर्ने व्यवधान अन्त्य गरी व्यवसायिक वातावरण सुधार्ने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com