काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकार गठनका क्रममा ऊर्जा मन्त्री कुलमान घिसिङलाई मन्त्री बनाउने विषयमा तीव्र दबाब परेको खुलासा गरेकी छन्।

प्रधानमन्त्रीमा शपथ लिएको चार दिनपछि मात्रै तीन मन्त्री नियुक्त भएको कारण खुलाउँदै कार्कीले आइतबार उद्योगी व्यवसायीसँगको भेटमा भनिन्, ‘कुलमानजीलाई मन्त्री नबनाएको भए मन्त्रिपरिषद् नै बन्ने अवस्था थिएन। सरकार गठन नै अवरुद्ध हुने परिस्थितिसम्म पुगेको थियो।’

advertisement

उनले थपिन्, ‘हामी सडकबाट उठेका हौं, माग पनि सडकबाट आएको हो। जसले जसरी सहयोग गर्छ, हामी सबैसँग सहकार्य गर्न तयार छौं।’

प्रधानमन्त्री कार्कीले जेन–जी आन्दोलनले ल्याएको चुनौतीबारे आफूलाई राम्ररी थाहा रहेको भन्दै यो सरकार पवित्र उद्देश्यका साथ बनेको बताइन्।

निजी क्षेत्रमा आन्दोलनका क्रममा भएको तोडफोड र क्षतिप्रति कार्कीले गहिरो दुःख व्यक्त गरिन्। उनले प्रश्न गर्दै भनिन्, ‘जसले भित्रबाट पनि योगदान दिन्छ, बाहिरबाट पनि सहयोग गर्छ, उसको घरमा किन आगजनी गर्ने? निजी क्षेत्रमा किन प्रहार गर्ने? यो रिस कसप्रति हो ?’

प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com