काठमाडौं । वर्तमान अन्तरिम सरकारमा सहभागी हुने तीनजनाको नाम राष्ट्रपति कार्यालय पुगेको जनाइएको छ ।

प्रधानमन्त्री भएको १०औँ दिन आइतबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेकी कार्कीले मन्त्री बन्ने तीनजनाको नाम राष्ट्रपति कार्यालयमा पठाइएको स्रोतले जनाएको छ।

advertisement

उच्च स्रोतका अनुसार महावीर पुन, मोहना अन्सारी र जगदीश खरेलको नाम राष्ट्रपति कार्यालय पुगेको हो । पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी लिने र खरेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिने टुंगो लागेको बताइए पनि अन्सारीले लिने मन्त्रालयको नाम भने खुलिसकेको छैन ।

कार्की नेतृत्वको वर्तमान मन्त्रिपरिषदमा रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश आर्याल मन्त्री छन् । खनालले अर्थ, घिसिङले ऊर्जा, भौतिक पूूर्वाधार र सहरी विकास तथा अर्यालले गृह र कानुन मन्त्रालको जिम्मेवारी सम्हालेका छन्।

प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com