काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राईले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा आयोगले पाएको संवैधानिक जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न पूर्ण प्रतिबद्ध रहेको बताएका छन्।

आइतबार राष्ट्रपति रामचन्द्र पौडेललाई ३५औँ वार्षिक प्रतिवेदन पेश गर्दै राईले आयोगको काम निष्पक्ष, निर्भिक र तटस्थ रूपमा सञ्चालन हुने प्रतिबद्धता जनाएका हुन्।

advertisement

‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका लागि आयोगलाई दिइएको संवैधानिक जिम्मेवारी प्रभावकारी रूपमा पूरा गर्न हामी प्रतिबद्ध छौं। साथै राज्यको नीति र कार्यक्रम निर्भिकता, निष्पक्षता र तटस्थताका साथ लागू हुने सुनिश्चित गर्न समेत आयोग सधैं अग्रसर छ,’ राईले राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाउँदै भनेका छन्।

उनीहरूले सरकारका तीनै तह, गैरसरकारी तथा निजी क्षेत्र, सञ्चारकर्मी, नागरिक समाज, अन्तर्राष्ट्रिय समुदाय र आम नागरिकको सहकार्यका लागि आभार व्यक्त गर्दै आयोगको काम अझ प्रभावकारी बनाउन सहयोग आवश्यक रहेको बताए।

राष्ट्रपति पौडेलले आफ्नो प्रतिक्रिया व्यक्त गर्दै भने, ‘अख्तियारले संवैधानिक जिम्मेवारीअनुसार मुलुकमा सुशासन र भ्रष्टाचार नियन्त्रणमा योगदान पुर्‍याएको छ। लोकतन्त्रको जग जवाफदेहिता सहितको शासन हो, त्यसैले आयोगले स्वतन्त्र रूपमा अनुसन्धान र अभियोजन गर्दै आम नागरिकको अपेक्षा र शासन आवश्यकता अनुसार काम गर्नु आवश्यक छ।’

प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com