काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको निवासमा जलेका नोटको विषयमा अनुसन्धान सुरु भएको छ ।

सम्पत्ति शुद्धीकरण विभागको टोली र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले छुट्टाछुट्टै अनुसन्धान थालेको स्रोतले जानकारी दियो । एसपीको नेतृत्वमा एक टोलीले दुवै घरमा पुगेर प्रारम्भिक अनुसन्धान थालेको स्रोतले जानकारी दियो ।

advertisement

देउवाको निवासमा हजार, पाँचसयका नोट र डलर जलेको अवस्थामा भेटिएको थियो । नेपाल प्रहरीका प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार जेनजी प्रदर्शनका क्रममा उच्छृङखल गतिविधि, लुटपाट, जलेका भनिएका नोटलगायका सबै विषयमा ब्युरोले अनुसन्धान थालेको छ ।

तत्कालीन ऊर्जामन्त्री खड्काको निवासमा भेटिएको पैसालाई प्रदर्शनकारीले हावामा उडाएका थिए । देउवा निवासबाट लुटिएको केही रकमसहित तीन जनालाई भदौ २४ गते राति नै प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेकाको बयान, घरमा जलेको अवस्थामा भेटिएका नोटसहित सम्पत्ति शुद्धीकरण विभागले पनि अनुसन्धान थाल्ने एक अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति: ६ आश्विन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com