काठमाडौं । नवनियुक्त चार मन्त्रीले सोमबार राष्ट्रपति निवास शितल निवासमा आयोजित विशेष समारोहमा शपथ ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई पद तथा गोपनियताको शपथ खुवाएका हुन्।
पूर्वप्रधानन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, पत्रकार जगदिश खरेल र विज्ञ मदन परियारले मन्त्री पदको शपथ लिएका छन्। सिन्हाले उद्योग, कानुन तथा भूमि मन्त्रालय, पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खरेलले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र परियारले कृषि तथा पशुपक्षी विकास मन्त्रालय सम्हाल्ने छन्।
यसअघि अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्राको नाम पनि मन्त्रीका लागि सिफारिस गरिएको थियो, तर अन्तिम समयमा उनका नाम ‘होल्ड’ भएका कारण शपथ ग्रहण समारोहमा सहभागी हुन सकेनन्।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्की गत भदौ २७ गते प्रधानमन्त्री नियुक्त भइसकेकी छन्। यससँगै कार्की नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् पूर्ण भएको छ।
शपथ ग्रहण समारोहमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानमन्त्री कार्की लगायतका उच्च पदस्थ अधिकारीहरू उपस्थित थिए।
प्रकाशित मिति: ६ आश्विन २०८२, सोमबार













प्रतिक्रिया