काठमाडौं । सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदिश खरेलले पदभार ग्रहण गरेलगत्तै पहिलो निर्णयका रूपमा ५ महिनाभित्र देशका प्रमुख १० शहरका सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने घोषणा गरेका छन्।

सोमबार मन्त्रालयमा पदभार ग्रहण गरेका मन्त्री खरेलले कर्मचारीले प्रस्तुत गरेको प्रारम्भिक प्रस्तावलाई परिमार्जन गर्न लगाई उक्त निर्णयलाई पहिलो कार्यादेशका रूपमा अघि सारेका हुन्।

advertisement

उनको निर्णयअनुसार काठमाडौंबाहेकका प्रमुख शहरका सार्वजनिक स्थलहरूमा नागरिकलाई सहज पहुँच हुने गरी निःशुल्क इन्टरनेट सुविधा सञ्चालन गरिनेछ।

प्रकाशित मिति: ६ आश्विन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com