काठमाडौं । केहि महिना अघि भएको एयर इण्डियाको विमान दुर्घटनाबारे स्वतन्त्र रुपमा छानबिन गर्न माग गर्दै दर्ता भएको उजुरीबारे जवाफ दिन भारतको सर्वोच्च अदालतले सरकारलाई आदेश गरेको छ ।

एक गैरसरकारी संस्थाले दर्ता गरेको उजुरीबारे सुनुवाइ गर्दै अदालतले सरकारका नाममा जवाफ दिन भनेको हो । जुन १२ मा भएको विमान दुर्घटनामा २ सय ६० जनाको ज्यान गएको थियो ।

advertisement

सरकारले गठन गरेको छानबिन टोलीमा सरकारी निकायका कर्मचारी राखिएकाले निष्पक्ष अनुसन्धान हुनेप्रति विश्वास गर्न नसकिने सो संस्थाका कानुनी प्रतिनिधिहरुले जनाएका छन् ।

एयर इण्डियाको बोइङ विमान अहमदाबाद विमानस्थलबाट उडान भरेको केहि समयपछि दुर्घटनामा परेको थियो । भारत सरकारले यसअघि नै सार्वजनिक गरेको प्रारम्भिक छानबिन प्रतिवेदनमा पाइलटहरुबीच तालमेल नमिलेको देखिएको उल्लेख छ ।

 

प्रकाशित मिति: ७ आश्विन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com