काठमाडौं । गृह मन्त्रालयले निर्वाचन ऐन संशोधनका लागि अध्यादेश ल्याउने तयारी थालेको छ।

यसअघि निर्वाचन आयोगले १६ वर्ष पुगेका नागरिकलाई मतदान गर्न दिने प्रावधानसहितको संशोधन प्रस्ताव सरकारलाई पठाएको थियो। सोही आधारमा गृह मन्त्रालयले आवश्यक गृहकार्य अघि बढाइरहेको हो।

advertisement

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगले प्रस्ताव पठाएपछि त्यसबारे निर्णय गर्ने अधिकार सरकारले नै प्रयोग गर्नेछ। उनले भने, ‘आयोगले सुझाव पेस गरिसकेकाले अब सरकारको पहलमा प्रक्रिया अघि बढ्छ।’

गृह मन्त्रालय स्रोतका अनुसार अघिल्लो मन्त्रिपरिषद् बैठकमा नै अध्यादेश ल्याउने तयारी भए पनि विदेशमा रहेका नेपालीलाई मताधिकार दिने विषयमा थप छलफल आवश्यक ठहरिएपछि रोकिएको थियो।

हाल थप तयारीसहित निर्वाचन ऐन संशोधनका लागि अध्यादेश ल्याउने गृह मन्त्रालयको कार्ययोजना अगाडि बढाइएको छ।

प्रकाशित मिति: ७ आश्विन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com