काठमाडौं । सरकारले रामेश्वर दंगाललाई नयाँ गृहसचिवको रूपमा जिम्मेवारी तोकेको छ।

जेन–जि आन्दोलन दमनमा संलग्न भएको आरोप लागेका पूर्वगृहसचिव गोकर्णमणि दुवाडीलाई हटाएर रक्षासचिव रहेका दंगाललाई गृहसचिव बनाइएको हो। दंगाल यसअघि गृह प्रशासनकै ‘क्याडर’मा रहेका थिए।

advertisement

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका स्रोतका अनुसार, यो निर्णय मंगलबार वा बुधबारभित्र कार्यान्वयनमा आउनेछ।

गोकर्णमणि दुवाडी भिजिट भिसा प्रकरणमा नाम मुछिए पनि उन्मुक्ति पाइसकेका थिए र सरकार परिवर्तनपछि करिब डेढ सातासम्म गृहमन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। तर जेन–जि आन्दोलन दमनसँग जोडिएका कारण उनको जिम्मेवारी हटाएर योजना आयोगको सचिवालयमा सरुवा गरिएको स्रोतले जनाएको छ।

प्रकाशित मिति: ७ आश्विन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com