काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले पार्टीमा संरचनात्मक सुधारका लागि १२ बुँदे विस्तृत प्रस्ताव सार्वजनिक गरेका छन्।

भिडियो सन्देशमार्फत उनले देशभन्दा माथि कुनै व्यक्ति वा पार्टी नभएको र राष्ट्र निर्माण तथा लोकतान्त्रिक पार्टीको रूपान्तरणलाई सँगै अघि बढाउन आवश्यक रहेकोमा जोड दिएका छन्। जीवनभर देशलाई नै प्राथमिकतामा राख्दै उनले कांग्रेसमा सुधारको माध्यमबाट लोकतान्त्रिक मूल्यको प्रवर्द्धन गर्न सकिने बताएका छन्।

advertisement

बजगाईंले प्रस्तावमा प्रमुख सुधारका बुँदाहरू यसप्रकार उल्लेख गरेका छन्:

  • पार्टीको सबै स्तरमा प्राइमरी प्रणाली लागू गर्ने; सांसद, मन्त्री, प्रधानमन्त्रीदेखि पार्टी सभापति सबैलाई प्रत्यक्ष सदस्य मतबाट चयन गर्ने।

  • संगठन संरचना सरलीकरण गर्दै अनावश्यक तह हटाउने।

  • आन्तरिक निर्वाचन प्रणाली ४ वर्षमा अनिवार्य गर्ने।

  • पार्टी सभापति, महामन्त्री र विभाग प्रमुख प्रत्यक्ष सदस्य मतबाट चयन हुने व्यवस्था बनाउने।

  • पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न चन्दा/फण्डिङ पूर्ण रूपमा अनलाइन खातामार्फत सार्वजनिक गर्ने।

  • शून्य सहनशीलता नीति लागू गर्दै भ्रष्टाचार र अपराधमा संलग्न सदस्यको सदस्यता रद्द गर्ने।

  • समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने।

  • सदस्यता प्रणाली सुधार गरी डिजिटल एपमार्फत सदस्यता वितरण गर्ने।

सांसद बजगाईंले यी सुधारका माध्यमबाट पार्टीलाई अधिक लोकतान्त्रिक, पारदर्शी र जवाफदेही बनाउने लक्ष्य राखेको स्पष्ट पारेका छन्।

प्रकाशित मिति: ७ आश्विन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com