काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले अब संसद् पुनर्स्थापनाको माग राख्न नहुने बताएका छन् । पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस अब निर्वाचनमा जानुपर्ने बताएका हुन् । नेता शर्माले राष्ट्रपति रामचन्द्र पौडेलले अप्ठ्यारो परिस्थितिलार्य सम्हालेर निर्वाचनको मिति घोषणा गरेको पनि स्मरण गरे । संसद् विघटनलाई लिएर पार्टीभित्र अब दुईमत हुन नहुने र पार्टी निर्वाचनमा होमिनुपर्ने उनले बताए ।

‘निर्वाचनको मिति घोषणा भइसकेको छ। अफ्ठेरोको बीचमा राष्ट्रपतिले सेनालाई विश्वासमा राखेर नयाँ सरकार बनाएर निर्वाचनमा जान दलहरूलाई भनिरहेको बेलामा अब संसद् पुनर्स्थापनको माग राख्न हुँदैन,’– उनले भने ।

advertisement

यसबारेमा कांग्रेसले केन्द्रीय समितिबाट सामूहिक धारणा बनाउनुपर्ने उनले आवश्यकता औंल्याए । महामन्त्री शर्माले जेन–जी पुस्ताले उठाएको मागप्रति पनि आफूहरुको समर्थन रहेको बताए । उनले जेन–जीको कारण बनेको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा जेन–जी पुस्ताकै सहभागिता नरहेको भन्दै आपत्ति जनाए ।

उनले बलिदानी गर्ने, परिवर्तनका लागि लड्ने र सरकार बनाउन पहल गर्ने जेन–जी भए पनि उनीहरुको प्रतिनिधित्वविना सरकार बनाउनुलाई गम्भीरतापूर्वक लिइनुपर्ने बताए । अहिलेको सरकारमा एक सय एक मान्छे आएको भए पनि जेन–जीको प्रतिनिधित्व आवश्यक रहेको उनको भनाइ छ ।

प्रकाशित मिति: ७ आश्विन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com