काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठकमा पार्टी पुनर्गठनको विषय प्रमुख एजेन्डा बनेको छ। सोमबार बसेको बैठकमा जेन–जी आन्दोलनपछि नख्खु कारागारबाट सभापति रवि लामिछाने बाहिरिएको विवादसमेत उठेको बैठक सहभागीहरूले बताएका छन्।

बैठकमा सभापति लामिछानेमाथिको विवाद समाधान नभएसम्म पार्टीभित्र गम्भीर कदम चाल्नुपर्ने विषयसमेत उठाइएको छ। केही नेताहरूले विवाद समाधान नभएसम्म लामिछानेले पार्टी जिम्मेवारीबाट अलग रहनुपर्ने सुझावसमेत राखेका छन्।

advertisement

जेन–जी आन्दोलन र त्यसपछिको परिस्थितिले पार्टीभित्र गहिरो प्रश्न उठाएको भन्दै बैठकमा समग्र समीक्षाको आवश्यकता औंल्याइएको छ। यसबीच नेतृ सुमना श्रेष्ठले पार्टी परित्याग गरिसकेकी छन् भने अन्य केही नेताहरू पनि त्यही तयारीमा रहेको चर्चाबीच बैठक बसेको हो।

यसअघि नेतृ तोषिमा कार्कीले पनि पार्टी पुनर्गठनको आवश्यकता औंल्याएकी थिइन्। कोशी, लुम्बिनी लगायतका प्रदेश कमिटीहरूले समेत पुनर्गठन प्रस्ताव अघि सारेको बैठकमा जानकारी गराइएको छ।

यस्तै, कोषाध्यक्ष लिमा अधिकारी र कार्यवाहक अध्यक्ष डिपी अर्यालबीच नेतृत्वसम्बन्धी विकल्पबारे चलिरहेको लविङका बीच केन्द्रीय समिति बैठक बसेको हो।

प्रकाशित मिति: ७ आश्विन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com