काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले जेनजी आन्दोलनमा आफ्नो पार्टीका सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको बताएका छन्।

पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले पार्टीले औपचारिक रूपमा झन्डा लिएर आन्दोलन नगरे पनि सदस्यहरूलाई व्यक्तिगत रूपमा सहभागी हुन आग्रह गरिएको जानकारी दिए। उनका अनुसार पूर्वकेन्द्रीय सदस्य सुमन श्रेष्ठ, केन्द्रीय सदस्य गणेश कार्की र कान्तिशिखा लगायतले प्रत्यक्ष भूमिका खेलेका थिए। उनले संख्यात्मक र प्रतिशतका हिसाबले जेनजी आन्दोलनमा अन्य दलभन्दा रास्वपाका कार्यकर्ताको सहभागिता बढी रहेको दाबी गरे।

advertisement

झाले भने, ‘हाम्रो पार्टीमा जेनजी पुस्ताका सदस्यहरू अझै सक्रिय छन्। प्रतिनिधि सभाको सचेतकदेखि केन्द्रीय सदस्यहरूसम्म आन्दोलनमा उपस्थित थिए। तर, कतै पनि यो राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा भएको आन्दोलन हो भनेर हामीले दाबी गरेका छैनौँ।’

उनले २३ भदौको आन्दोलनमा सहभागिता रहे पनि २४ भदौमा भएको घटनासँग रास्वपाको कुनै सम्बन्ध नभएको स्पष्ट पारे। पार्टीले त्यस्तो कार्यक्रममा आह्वान नगरेको र आगजनी वा लुटपाट जस्ता गतिविधि रास्वपाको मूल मान्यतामा नपर्ने बताए। साथै, उनले उक्त घटनाबारे गहिरो छानबिन आवश्यक रहेकोमा जोड दिए।

प्रकाशित मिति: ७ आश्विन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com