काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवाहरूलाई इमानदार, जिम्मेवार र क्लिन बन्न प्रेरित गरेका छन्।

मंगलबार बिहान गुण्डुमा कार्यकर्तासँगको भेटवार्तामा ओलीले कर्मठ युवाहरू हावामा दौडिने नभई आफ्नो कर्तव्यप्रति सचेत रहनुपर्ने बताए। उनले भने, ‘देश र समाज निर्माणमा जुटेका युवाहरूले आफ्नो कर्तव्य बुझ्नुपर्छ। पढाइमा ध्यान दिने, इमानदार बन्ने र आफ्नो चरित्र विकास गर्ने महत्वपूर्ण छ। सामाजिक सञ्जालमा सहभागी हुँदा त्यसको सदुपयोग भइरहेको छ कि छैन भनेर सोच्नुपर्छ।’

advertisement

ओलीले जेनजी प्रदर्शनपछि नेपालको छवि नकारात्मक बनेको भन्दै जिम्मेवार र सभ्य भएर देशलाई पुनः सम्मानजनक अवस्थामा ल्याउनुपर्नेमा जोड दिए। ‘नेपाल अहिले बदनाम अवस्थामा छ। यसबाट हामीले देश इमानदार र सभ्य छ भनेर देखाउनुपर्छ। यो जिम्मेवारी अत्यन्तै जिम्मेवार र सभ्य मानिसहरूको काँधमा छ,’ उनले भने।

उनले जेनजी प्रदर्शनका क्रममा सहभागीहरूले योजनाबद्ध ढंगले गतिविधि सञ्चालन गरेको देखिएको बताए। ‘यस्तो अवस्था ‘बादल लाग्यो, हट्छ’ वा ‘साँझ भयो, भोलि बिहान उज्यालो हुन्छ’ भन्ने सोचले समाधान हुँदैन। आफूले सोचबुझेर अगाडि बढ्नुपर्छ,’ ओलीले थपे।

यस क्रममा उनले युवाहरूलाई नलेज बढाउन, चरित्र विकास गर्न र देशप्रति उत्तरदायी बन्ने दिशामा प्रेरित गर्दै डिजिटल प्लेटफर्मको सदुपयोग गर्न सचेत रहन आग्रह गरे।

प्रकाशित मिति: ७ आश्विन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com