काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले केही दिनका लागि अनावश्यक फोन र सन्देश नगर्न आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै मन्त्री पुनले भनेका छन्, ‘अस्तिदेखि मोबाइल, मेसेन्जर र ह्वाट्सअपमा हजारौँ फोन र सन्देश आइरहेका छन्। अहिले म मन्त्रालयमा एउटा सक्षम र सिर्जनशील टिम बनाउन व्यस्त छु। त्यसैले केही दिनसम्म कृपया अनावश्यक फोन नगर्नुहोस् र सन्देश पनि नपठाउनुहोस्।’
सोमबार मन्त्री पदको जिम्मेवारी सम्हालेका पुन मंगलबारदेखि नै कार्यकक्षमै शयनकक्ष तयार गरी निरन्तर काममा जुटेका छन्।

प्रकाशित मिति: ८ आश्विन २०८२, बुधबार













प्रतिक्रिया