काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की आज राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्न शीतल निवास पुगेकी छिन्। राष्ट्रपति कार्यालयका स्रोतका अनुसार कार्की शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेकी हुन्।
यसअघि प्रधानमन्त्री कार्कीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र सीआइबी प्रमुख एआईजी डा. मनोज केसीसँग छुट्टाछुट्टै भेट गरेकी थिइन्। त्यस्तै, मंगलबार साँझ उनले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग पनि भेटवार्ता गरेकी थिइन्।
प्रकाशित मिति: ८ आश्विन २०८२, बुधबार













प्रतिक्रिया