काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीबीच शीतल निवासमा बुधबार भेटवार्ता भएको छ।
राष्ट्रपति कार्यालयका अनुसार भेटमा समसामयिक राजनीतिक परिस्थिति, आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनको तयारी र समग्र सुरक्षा व्यवस्थाबारे छलफल गरिएको छ।
यसअघि प्रधानमन्त्री कार्कीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र सीआइबी प्रमुख एआईजी डा. मनोज केसीसँग छुट्टाछुट्टै भेट गरेकी थिइन्। त्यस्तै, मंगलबार साँझ उनले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग पनि भेटवार्ता गरेकी थिइन्।
प्रकाशित मिति: ८ आश्विन २०८२, बुधबार













प्रतिक्रिया