काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले अर्थ मन्त्रालयको गुनासो मेलबक्समार्फत सार्वजनिक गरेको ६ घण्टाभित्र १६६ वटा गुनासोयुक्त इमेल प्राप्त भएको जानकारी दिएका छन्।

मन्त्रालयले सूचना निकालेर कर्मचारीको घुसखोरी, प्रशासनिक त्रुटि वा अन्य गुनासो भए सीधै इमेल मार्फत जानकारी दिन अनुरोध गरेको थियो। सूचना सार्वजनिक भएको ६ घण्टाभित्र १६६ भन्दा बढी गुनासो आएमा अर्थमन्त्री खनालले तीनवटा गुनासा तत्काल समाधान गरिएको बताए।

advertisement

उनका अनुसार २ दर्जन इमेलमा उनले प्रत्यक्ष जवाफ दिएका छन् भने तीमध्ये धेरैमा कारबाहीसमेत गरिसकिएको छ।

समाधान गरिएका गुनासोमध्ये पहिलोमा कोशी प्रदेशको म्याङलुङ नगरपालिकामा स्थानीय तह सञ्चित कोष व्यवस्थापन प्रणालीमा देखिएको समस्याका कारण कर्मचारीले तलब नपाएको विषय रहेको थियो, जुन समस्या समाधान गरिएको छ।

दोस्रो गुनासोमा तार्केश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले आफ्नो जिम्मेवारीमा ध्यान नदिएको पाइएकोले सरुवा गरिएको छ।

तेस्रोमा कर फिर्ता प्रक्रिया गर्दा दुई प्रतिशत कमिसन दिनुपर्ने गुनासो आएको थियो। अर्थमन्त्री खनालले ‘अख्तियार पठाउनुपर्ने विषय’ भन्दै सचेत गराएपछि उक्त समस्या पनि समाधान भएको छ।

अर्थमन्त्री खनालले बाँकी गुनासो पनि यथाशीघ्र समाधान हुने बताए र अब नागरिकले आफ्ना व्यक्तिगत समस्या समाधानका लागि सिंहदरबार धाउने बाध्यता हटेको बताइन्।

प्रकाशित मिति: ८ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com