काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले ५ सय र १ हजार रुपैयाँका नोट बन्द गर्ने समाचारमा कुनै आधार नरहेको स्पष्ट पारेका छन्।

बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री खनालले नोटबन्दी गर्ने विषयमा कुनै छलफल नै नभएको जानकारी दिए।

advertisement

भारत सरकारले लागु गरेको जिएसटीका कारण नेपाली उद्योगमा परेको असरबारे सोधिएको प्रश्नमा उनले भने, ‘जिएसटीका कारण कुनै ठूला नोक्सानी देखिएको छैन। यदि समस्या आएमा आवश्यक सुधार गरिनेछ।’

त्यस्तै, संविधानअनुसार स्थापित प्रदेश संरचना खारेज हुने सम्भावना नरहेको उनले स्पष्ट पार्दै भने, ‘प्रदेश संरचना राजनीतिक विषय भएकाले यसबारे अहिले कुनै योजना छैन।’

प्रकाशित मिति: ८ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com