काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की केन्द्रीय सदस्य तोसिमा कार्कीले पार्टीभित्र व्यक्तिविशेषभन्दा पनि प्रणाली र प्रवृत्तिमा सुधार आवश्यक रहेको धारणा राखेकी छन्।

बुधबार केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले हालैको जनआन्दोलन र विद्रोह पार्टीले गम्भीर आत्मसमीक्षा गर्नुपर्ने संकेत भएको बताइन्।

advertisement

‘यो आन्दोलन किन गर्नुपर्‍यो भन्ने प्रश्नमा हामीले आत्मालोचना गर्नुपर्छ,’ उनले भनिन्, ‘केन्द्रीय सचिवालयमै फेरबदल गर्नुपर्ने हो कि, नीति–सिद्धान्तमै परिमार्जन गर्नुपर्ने हो कि भन्नेबारे विचार गर्नुपर्छ। यो व्यक्तिको विषय होइन, प्रणाली र प्रवृत्तिमा सुधार ल्याउनैपर्छ।’

उनका अनुसार पार्टीले यथास्थितिमा अडिनुभन्दा परिवर्तनको सशक्त सन्देश दिनुपर्ने छ। ‘दुईपटक सत्ता सम्हालेका हामीकै कार्यकालमा ठूलो जनविद्रोह भई धेरैको ज्यान जानु पार्टीका लागि गम्भीर समीक्षा र पाठ हो,’ कार्कीले भनिन्, ‘त्यसको समाधान सुधार (reformation) हो, जसमा नेतृत्व मात्र होइन, सम्पूर्ण संरचना र सिद्धान्तगत चरित्रमा स्पष्ट कार्यदिशा दिनुपर्छ।’

उनले पार्टी सदस्यहरूको राजनीतिक चरित्र र आचरणलाई मार्गदर्शन गर्ने स्पष्ट दिशानिर्देशन आवश्यक भएको समेत औंल्याइन्।

प्रकाशित मिति: ८ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com