काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की आज साँझ राष्ट्रलाई सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्री कार्यालयका अनुसार उनी बेलुकी ६ बजे टेलिभिजन तथा रेडियोमार्फत् विशेष सम्बोधन गर्ने कार्यतालिका तय भएको छ ।
सम्बोधनको सम्पूर्ण व्यवस्थापन सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले गरिरहेको छ । हालै २३ र २४ भदौमा युवा पुस्ता, विशेषगरी जेनजेडले गरेको ऐतिहासिक प्रदर्शनपछि कार्की २७ भदौमा प्रधानमन्त्री बनेकी थिइन् ।
उनको नेतृत्वमा बनेको अन्तरिम सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी २१ फागुनमा आम निर्वाचन हुने घोषणा गरिसकेको छ ।
प्रकाशित मिति: ९ आश्विन २०८२, बिहिबार













प्रतिक्रिया