काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र यसको वरिपरिको क्षेत्रमा चङ्गा, ड्रोन र बेलुन उडाउन प्रतिबन्ध लगाएको छ। नियम उल्लङ्घन गर्नेहरूमाथि कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ।
विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेका अनुसार पछिल्ला दिनहरूमा विमानस्थल वरपर यस्ता गतिविधि बढ्दै गएको पाइएको छ, जसले हवाई सुरक्षामा गम्भीर जोखिम निम्त्याउँछ।
‘चङ्गा, ड्रोन, बेलुन वा लेजर लाइटजस्ता गतिविधिले विमानको उडानमा प्रत्यक्ष असर पर्न सक्छ। त्यसैले यस्ता कार्य तत्काल बन्द गर्न आग्रह गरिएको छ। अटेर गर्ने जो कोही कारबाहीको दायरामा पर्छन्,’ पाण्डेले भने।
दसैं–तिहार नजिकिँदै जाँदा राजधानीमा चङ्गा उडाउनको लहर बढ्ने भए पनि विमानस्थल आसपासमा यस्तो कार्यले हवाई सुरक्षा संकटमा पार्ने भएकाले सबैलाई सचेत रहन प्राधिकरणले अपिल गरेको छ।
प्रकाशित मिति: ९ आश्विन २०८२, बिहिबार













प्रतिक्रिया