काठमाडौं । प्रधानमन्त्री सुशील कार्कीले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवालाई शहीद घोषणा गरेकी छन्। उनले घटनामा ज्यान गुमाउनुको कारण पत्ता लगाएर दोषीमाथि कानूनी कारबाही गरिने प्रतिवद्धता व्यक्त गरिन्।

देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले भने, ‘जेन–जी प्रदर्शनका क्रममा भएको क्षति अकल्पनीय छ। यसप्रति गहिरो दुःख व्यक्त गर्दछु। ज्यान गुमाएका युवाको परिवारलाई आर्थिक राहत दिइएको छ भने घाइतेहरूलाई निशुल्क औषधि र क्षतिपूर्ति उपलब्ध गराइने व्यवस्था गरिएको छ। सम्बद्ध दोषीमाथि कारबाही गरिने प्रतिवद्धता जनाउँछु।’

advertisement

उहाँले आफ्नो कार्यभार निर्वाचन सम्पन्न गर्ने उद्देश्यसहित लिएको पनि जनाउँदै, ‘६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन गराउने गरी मैले प्रधानमन्त्रीको पद ग्रहण गरेको छु,’ बताइन।

यस अवसरमा सम्बोधनअघि राष्ट्रिय गान बजाइएको थियो र प्रधानमन्त्रीले संविधान दिवसको अवसरमा आफ्ना अभिमतसमेत व्यक्त गरेकी थिइन्।

प्रकाशित मिति: ९ आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com