काठमाडौं । सरकारले भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेको छ । गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आयोग खारेज गर्ने निर्णय गरे पनि त्यसको कारण तत्काल सार्वजनिक गरेको थिएन ।

तर अहिले सरकारले उक्त निर्णयका कारण र कार्यान्वयन प्रक्रिया स्पष्ट पारेको छ । सरकारले आयोग खारेज गर्नुका दुई मुख्य कारण प्रस्तुत गरेको छ ।

advertisement

पहिलो, आयोगको संरचना अत्यधिक ठूलो र अनावश्यक रूपमा भद्दा रहेको भन्दै त्यसलाई निरन्तरता दिन नपर्ने निष्कर्षमा पुगेको हो । दोस्रो, वर्तमान सरकारलाई भूमि वितरणको म्यान्डेट नै नभएको प्रष्ट्याइएको छ ।

मन्त्रिपरिषद्ले आयोग स्थापना सरकारकै आदेशअनुसार भएको भएकाले त्यसलाई खारेज गर्ने अधिकार पनि सरकारकै भएको भन्दै आयोग खारेज गरिएको जनाएको छ ।

प्रकाशित मिति: १० आश्विन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com