काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जेन-जी आन्दोलनपछि पहिलोपटक पार्टी बाहिरको नेतृत्वमा परिवर्तन भएको ऐतिहासिक घटना भएको बताएका छन्। शुक्रबार रौतहटमा पार्टी कार्यकर्तासँगको सम्बोधनमा उनले यो परिवर्तनले कांग्रेसलाई ठुलो सन्देश दिएको उल्लेख गरे।
महामन्त्री शर्माले भने, ‘नेपालमा विगतमा भएका हरेक राजनीतिक परिवर्तनको नेतृत्व काँग्रेसले गरेको थियो। तर यसपटक इतिहासमै पहिलोपटक कांग्रेस बाहिरको नेतृत्वमा परिवर्तन आएको छ। जेन-जी आन्दोलनले यसले दिएको सन्देश सबैले बुझ्नुपर्छ।’
उनले कांग्रेसले पटक–पटक व्यवस्था परिवर्तनका लागि संघर्ष गरे पनि पार्टीभित्र आवश्यक सुधार गर्न नसकेको पाठ पनि जेन–जी आन्दोलनले दिएको बताए। शर्मा अनुसार अब पार्टीले आत्मसमीक्षा गर्दै निर्णय गर्नुपर्ने अवस्था आएको छ।
महामन्त्रीले थपे, ‘सच्चिन तयार हुनुपर्छ वा सक्किन अस्वीकार गर्ने हो। अब जो बदलिन्छन्, तिनी नेतृत्व लिन्छन्; जो बदलिन्नन्, तिनी बिदा लिन्छन्।’
शर्माको यस अभिव्यक्तिले पार्टीभित्रको नेतृत्व र पुस्तान्तरणबारेको बहसलाई अझ सुदृढ बनाउन सक्ने अनुमान गरिएको छ।
प्रकाशित मिति: १० आश्विन २०८२, शुक्रबार













प्रतिक्रिया