काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको वर्तमान अन्तरिम सरकारलाई ‘आगलागी र तोडफोडबाट बनेको सरकार’ भन्दै आलोचना गरेका छन्। जेन–जी आन्दोलनपछि सार्वजनिक कार्यक्रममा पहिलो पटक बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्।

ओलीले भने, ‘अहिलको सरकार, जसलाई जनताको अभिमत वा संवैधानिक प्रक्रिया मार्फत चयन गरिएको छैन, जेन–जी आन्दोलनको परिणामस्वरूप निर्माण भएको हो। यो सरकार तोडफोड र आगजनीको माध्यमबाट स्थापना गरिएको छ।’

advertisement

उनले वर्तमान राजनीतिक परिस्थितिमा संवैधानिक र लोकतान्त्रिक मूल्यको अवहेलना भएको भन्दै सरकारको वैधता र स्थायित्वप्रति प्रश्न उठाएका छन्।

प्रकाशित मिति: ११ आश्विन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com