काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले सुविधा नदिए पनि सुरक्षा सुनिश्चित गर्नु पर्ने बताएका छन्। बिहीबार भक्तपुरमा आयोजित चियापान समारोहमा बोल्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन्।

ओलीले आफ्नो निजी घर नजिक ‘लोकसेन ट्र्याक’ मार्फत निगरानी गरेर घर घेर्ने तयारी भएको भन्दै सरकारले के हेरेर बसेको भन्दै प्रश्न उठाए। उनले भने, ‘सामाजिक सञ्जालमा देख्नुभयो होला — केपी ओलीको घर लोकेट गरेर घेर्न जाँदैछ भन्ने कुरा। घर तोकिएको छ। यस्तो अवस्थामा सरकार के हेरेर बसेको छ?’

अध्यक्ष ओलीले सरकारले सुविधा फिर्ता गर्ने, गाडी फिर्ता गर्ने, पासपोर्ट रोक्ने वा मुद्दा चलाउने निर्णय गरेको भए पनि सुरक्षा प्रदान गर्ने दायित्वका सवाल उठाए। उनले प्रश्न गरे, ‘सरकारमा रहेका व्यक्तिले सुविधा चाहँदैनन् भने पनि सुरक्षा दिनु पर्ने होइन र? असुरक्षाको माध्यमबाट सरकारमा पुग्ने, आतंक सिर्जना गरेर सत्ता हात पार्ने, अनि अरुलाई सुरक्षा नदिने भन्ने कसरी सम्भव हुन्छ?’

उनले मौसमको रूपमा जीवन पनि सधैं स्थिर नहुने बताउँदै सकारात्मक दृष्टिकोण अपनाउनुपर्ने सन्देश दिएका थिए। ओलीले भने, ‘मौसम सधैं एकनास हुँदैन। झरी–बादलको समय आए पनि मुसुक्क हाँस्न सकिन्छ। जीवन पनि त्यस्तै हो।’

यस क्रममा ओलीले सरकारको दायित्व र व्यक्तिगत सुरक्षा सुनिश्चित गर्ने महत्वमाथि जोड दिएका हुन्।

प्रकाशित मिति: ११ आश्विन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com