काठमाडौँ । ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गर्ने एक युवक पक्राउ परेका छन् ।

सडक सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई दुव्र्यवहार गर्ने सिन्धुलीको घ्याङलेख गाउँपालिका– ५ का ३६ वर्षीय नेवाङ तामाङ्गलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

advertisement

निजलाई काठमाडौँ महानगरपालिका-१० बुद्धनगरबाट नियन्त्रणमा लिएको हो । ती युवकले प्रहरीलाई अपशब्द बोल्दै दुव्र्यवहार गरेको भिडियो सार्वजनिक भएको थियो ।

प्रकाशित मिति: १५ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com