काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कहिल्यै पनि बिग्रिएको होइन भनी स्पष्ट पारेका छन्।
आजदेखि सुरु भएको एमालेको दशौं केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै ओलीले आफू सधैं देशभक्तिको दृष्टिकोण, राष्ट्रिय विकास र स्वाधीनताको मापदण्डमा अडिग रहेको बताए।
‘मेरो बिग्रिएको कुरा फैलाउनेहरू भन्छन्, “ओली सप्रिनु पर्छ।” तर देश र पार्टीको हितमा सप्रिनु भनेको विरोध र हल्लामा नलाग्नु हो,’ ओलीले भने।
उनले पार्टीभित्र अस्वस्थ चर्चा र बाहिरी विरोधीहरूले फैलाएको हल्लामा नपर्ने अडान लिनुपर्नेमा जोड दिए।
प्रकाशित मिति: २९ आश्विन २०८२, बुधबार












प्रतिक्रिया