धादिङ । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँगको सम्भावित एकता सम्बन्धमा स्पष्ट संकेत दिएका छन। धादिङको बेनिघाट रोराङमा आयोजित भेटघाट कार्यक्रममा संयोजक प्रचण्डले युवा तथा पार्टी नेताकार्यकर्तासँग कुराकानी गर्दै आगामी चुनावलाई पार्टीको प्रमुख एजेन्डा बनाउँदै अघि बढ्ने बताए।

उनले भने ‘अबको माओवादीको लाइन भनेको चुनाव हो।’ साथै, तिहारलगत्तै समाजवादी मोर्चाभित्र रहेका दलहरूसँग एकता प्रक्रिया अघि बढ्ने  प्रचण्डले जानकारी  दिए । एमालेसँग एकताको सम्भावनाबारे बोल्दै उनले स्पष्ट  पारे, ‘केपी ओली नेतृत्वमा रहेसम्म एमालेसँग एकता हुदैन। तर ओलीको नेतृत्व नरहेमा एकताको ढोका खुल्न सक्छ।’ उनले भने ,

advertisement

कार्यक्रममा सहभागी युवा तथा नेता कार्यकताहरूसँगको छलफल गर्दै प्रचण्डले युवा पुस्ताले माओवादीको विचार र मार्गदर्शनलाई सही ठहर गर्न थालेको बताए ।उनले भने ‘अहिले मेरो जेन्जी युवाहरुसँग पनि छ्लफल भैरहेको छ । युवाहरुले माओवादी सहि रहेछ भन्ने भुझ्नु भएको छ।’ उक्त भेटघाटमा उनले नेताकार्यकर्ताहरूलाई आगामी निर्वाचनका लागि योजनाबद्ध रूपमा लाग्न निर्देशन दिए  ।

प्रकाशित मिति: २९ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com