काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा भत्किएका प्रहरी पोष्ट पुनर्स्थापना भइसकेको बताएका छन् ।

गृह मन्त्रालय परिसरकारमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘भत्किएका, नासिएका प्रहरीपोस्टहरू पुनर्स्थापना भइसकेका छन् ।’ कति प्रहरी पोष्ट भत्किएका थिए भन्ने विवरण भने उनले खुलाएनन् ।

advertisement

यसका अलावा भागेका कैदीबन्दीहरूलाई फर्किन भनिएको र नफर्किएकालाई अब नियन्त्रणमा लिइने उनले बताए । खोसिएका हतियारहरू समेत फिर्ता गर्न भनिएको उल्लेख गर्दै उनले थपे, ‘फिर्ता भएनन् भने हामी अपरेशन नै चलाउँछौं ।’

सुरक्षा दिने कुरामा सरकार संवेदनशिल रहेको उनले बताए ।

व्यक्तिगत रुपमा कसैलाई थ्रेट भए निवेदन दिन सकिने उनको आग्रह छ । निवेदन आएपछि थ्रेटको व्याख्या हुने र त्यसआधारमा चाँडो भन्दा चाडो निकास दिइने उनले बताए ।

प्रकाशित मिति: २९ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com