काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी निर्वाचन प्रक्रियाबाट कहिल्यै पछि हट्ने सोचमा नरहेको स्पष्ट पारेका छन्।

बुधबार पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘हामीले जेनजी आन्दोलनको क्रममा नै संसदले निकास दिन सकेन भने संसद विघटन हुनु आवश्यक छ भनी स्पष्ट माग राखेका थियौं। आवश्यक परे हामीले राजीनामा पनि दिएका थियौं। संसद् विघटन भइसकेको छ, अब नयाँ निर्वाचन अपरिहार्य छ।’

advertisement

तर उनले अहिलेको निर्वाचन प्रणाली देशको दीर्घकालीन समस्या समाधान गर्न पर्याप्त नभएको पनि औंल्याए। ‘हालको प्रणालीले देशलाई स्थायी निकास दिन सक्दैन। त्यसैले निर्वाचन हुने भए पनि हामी भाग्ने पक्षमा छैनौं। निर्वाचन तयारी र भागीदारी दुवैको जिम्मेवारी पूरा गरेर अघि बढ्छौं,’ लिङ्देनले स्पष्ट पारे।

प्रकाशित मिति: २९ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com