काठमाडौं । नेपाली कांग्रेसमा कांग्रेसमा विशेष महाधिवेशन माग्दै संकलन भएको हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको छ।

केन्द्रीय कार्यालय सानेपामा पुगेर कावा सभापतिलाई हस्ताक्षरसहितको फाइल बुझाइएको नेता गुरुराज घिमिरेले बताए।

advertisement

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र नेता डा. शेखर कोइराला निकट नेताहरूले हस्ताक्षर संकलन गरेका थिए। विशेष महाधिवेशनको पक्षमा ५४.५८ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरेका छन्। कांग्रेसको विधान अनुसार विशेष महाधिवेशन डाक्न ४० प्रतिशत प्रतिनिधिको हस्ताक्षर चाहिन्छ।

कांग्रेसको १४ औँ महाधिवेशनमा ४ हजार ७४३ महाधिवेशन प्रतिनिधि भए पनि पार्टी परित्याग गरेका र मृत्यु भएका कारणले अहिले ४ हजार ५५६ प्रतिनिधि छन्। तीमध्ये २ हजार ४८७ ले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका छन्।

संकलित हस्ताक्षर बुझेपछि खड्काले कुनै प्रतिक्रिया भने दिएनन्।

प्रकाशित मिति: २९ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com