काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जेनजी आन्दोलनका जायज मागहरू सम्बोधन गर्नुपर्ने सभापति शेरबहादुर देउवाको भनाइप्रति खुलेर प्रशंसा गरेका छन्।

फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै शर्माले भौतिक आक्रमणको परिस्थितिमा पनि देउवाले आवेगभन्दा माथि उठी संयमपूर्वक बोलेको भनाइलाई ‘राजनीतिक परिपक्वताको उदाहरण’ भनेका छन्।

advertisement

उनका अनुसार अब पार्टीभित्रका व्यक्तिगत वा समूहगत मतभेदभन्दा पर उठेर भविष्यको बाटो स्पष्ट गर्नुपर्ने समय आएको छ।

कार्यसमितिमा बहुमत हुँदाहुँदै पनि नेतृत्वले कार्यवाहक दिएर आगामी यात्राको जिम्मेवारी सुम्पिएको प्रसङ्ग उल्लेख गर्दै शर्माले देउवाको निर्णयलाई ‘समयको मागअनुरूपको कदम’ भनेर व्याख्या गरेका छन्।

उनले कांग्रेसलाई नयाँ दृष्टिकोण र शैलीसहित अघि बढाउने, र इतिहासमा निर्माण भएको विश्वास पुनःस्थापित गर्न सबैले संयम, सहकार्य र एकताको उदाहरण प्रस्तुत गर्नुपर्नेमा जोड दिएका छन्।

प्रकाशित मिति: २९ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com