काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनको नाममा सरकारी कार्यालयहरूमा गएर धम्की र दबाब दिने कार्य स्वीकार्य नहुने चेतावनी दिएका छन्।

बुधबार गृह मन्त्रालयमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री अर्यालले यस्ता गतिविधि गलत भएको स्पष्ट गर्दै कानूनी कारबाहीको चेतावनी दिएका हुन्।

advertisement

‘जेनजीको नाममा कसैले अवैध व्यवहार गर्छ भने त्यो सुशासनविरोधी काम हो,’ उनले भने, ‘त्यस्ता क्रियाकलापहरूलाई सरकारले नजिकबाट निगरानी गर्दैछ र प्रहरीले नियन्त्रणमा लिनेछ।’

उनका अनुसार जेनजी आन्दोलनको मूल उद्देश्य सुधार र सुशासनको खोज हो, तर त्यसको नाममा डर देखाउने वा अराजकता फैलाउने प्रयास सह्य नहुने उनले प्रष्ट पारे।

प्रकाशित मिति: २९ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com