काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेन–जी पुस्ताले उठाएका मागहरू कार्यान्वयन गर्न सरकारले निरन्तर रूपमा प्रयासरत रहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री खरेलले भ्रष्टाचारविरुद्धको युवाआन्दोलनले दिएको म्यान्डेटलाई आगामी पाँच महिनाभित्र पूरा गर्ने प्रतिबद्धता जनाए । उनका अनुसार, सरकारले जनताको विश्वास जित्न र जेन–जी पुस्ताको अपेक्षाअनुसार परिवर्तन ल्याउन अहोरात्र काम गरिरहेको छ ।

advertisement

उनले भने, ‘अब मेरो सञ्चार मन्त्रालयमा करिब पाँच महिनाको कार्यकाल बाँकी छ । यस अवधिभित्र कति गर्न सकिन्छ थाहा छैन, तर नियतवश गलत केही गर्ने छैन । जसरी आएको थिएँ, त्यसरी नै स्वच्छ रूपमा फर्कनेछु ।’

मन्त्री खरेलले जेन–जी आन्दोलनका मागहरू नागरिक सरकारको साझा म्यान्डेट भएको उल्लेख गर्दै प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा सरकार ती मागहरू पूरा गर्न गम्भीरतापूर्वक जुटेको बताए ।

उनका शब्दमा, ‘जेन–जी आन्दोलनले जनताका भावना र मुलुकको सुधारका लागि दिएको म्यान्डेट पूरा गर्न सरकारले कुनै कसर बाँकी राख्दैन । हामी सुशासन र उत्तरदायित्वका आधारमा परिणाम देखाउनेछौँ ।’

साथै उनले भ्रष्टाचार नियन्त्रण र पारदर्शी प्रशासनिक प्रणाली निर्माणलाई सरकारले प्रमुख प्राथमिकता दिएको बताउँदै सुशासनका सवालमा सरकार अडिग रहेको दोहोर्‍याए ।

प्रकाशित मिति: ३० आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com