काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले सरकारले आगामी निर्वाचन निष्पक्ष र स्वतन्त्र रूपमा सञ्चालन गर्नेमा आशंका व्यक्त गरेका छन्।

निर्वाचन आयोगले बिहीवार राजनीतिक दलहरूसँग गरेको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गुरुङले भने, माओवादी केन्द्र निर्वाचनमा सहभागी हुन तयार भए पनि सरकारले त्यसका लागि अनुकूल वातावरण सिर्जना गर्न नसकेको बताएका हुन्।

advertisement

उनको आरोप छ कि सरकारले दलहरूलाई विश्वासको वातावरणमा लिएर निर्वाचन गराउन कुनै भूमिका खेलेको छैन र राजनीतिक दलहरूविरुद्ध प्रतिशोध, बदला, गिरफ्तारी र मुद्दा चलाउने खालका गतिविधि अगाडि बढाएको छ। यसले निर्वाचन निष्पक्ष रूपमा सम्पन्न हुनेमा शंका पैदा गरेको उनले बताए।

गुरुङले भने, ‘निर्वाचन हुनैपर्छ भन्ने कुरा स्पष्ट छ र हामी सहभागी हुनेछौं। तर सरकारले निर्वाचनको लागि आवश्यक वातावरण तयार गर्छ कि गर्दैन भन्नेमा आशंका देखिएको छ।’

उनले सरकारले शान्ति, सुरक्षा र विश्वासको वातावरण सुनिश्चित गर्दै निर्वाचन गराउन आवश्यक पहल गर्न पनि जोड दिएका छन्।

प्रकाशित मिति: ३० आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com