काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक अघि पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापाबीच एजेन्डा टुङ्ग्याउने विषयमा वार्ता जारी छ।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा भइरहेको छलफलमा दुवै नेताले महाधिवेशनको समय र प्रकारका विषयमा आपसी सहमति खोज्ने प्रयास गरिरहेका छन्।
एक पदाधिकारीका अनुसार, महामन्त्री थापाले मंसिरमा नियमित महाधिवेशन सम्भव नहुने अवस्था आए विशेष महाधिवेशनको विकल्प अपनाउनुपर्ने अडान राखेका छन्।
त्यसैगरी, कार्यवाहक सभापति खड्काले भने, विधि र प्रक्रिया पूरा गरेर मंसिरमै नियमित महाधिवेशन गर्ने लक्ष्य राखेको तर समयको सीमा नपुगेको बताएका छन्।
मध्यमार्गबाट सहमति खोज्ने प्रयास भए पनि दुवै पक्ष आफ्नै अडानमा कायम रहेकाले छलफल अझै टुंगिएको छैन।
यसका कारण एक बजेका लागि बोलाइएको बैठक अहिलेसम्म सुरु हुन सकेको छैन।
प्रकाशित मिति: ३० आश्विन २०८२, बिहिबार












प्रतिक्रिया