काठमाडौं । धार्मिक तथा आध्यात्मिक अध्येता राजानन्द माण्डव्यको “मनको मैलो जादैन धोएर राम नामले पखालौं एकफेर” बोलको भजन सार्वजनिक भएको छ।
विगत लामो समयदेखि नेपालको भाषा, संस्कृति, राष्ट्रिय पोशाक, राष्ट्रिय झण्डा दिवस मौलिक पहिचानको संरक्षणमा अनवरत अध्ययनरत माण्डव्यले भजनमा आफैले शब्द रचना र लय सहित आफ्नै स्वर भरेका छन्।
संगितकार राजेन्द्र बजगाईले आफ्नै म्युजिक किचेन स्टुडियो मार्फत संगित भरेका छन् भने सुमन बजगाईले फोटोसुट नेपाल मार्फत भिडियो छायांकन तथा सम्पादन गरेका छन्।
पवित्र देवघाट धाममा छायांकन गरिएको उक्त भजनमा श्रद्धेय बिदुषी माता ताराजि, श्रद्धेय ईश्वरकृष्ण महाराजजिले आयोजना गर्नु भएको देवघाट महा-महोत्सव देवघाटमा भिडियो मार्फत श्रद्धालु भक्तजन र धर्मका अनुरागीहरुलाई धन, सम्पती मात्र केही हैन भगवानको नाम नै जिवनको मुल सम्पती रहेको सन्देश दिन खोजिएको छ।
माण्डव्यले विगतका वर्षहरुमा हिमवत्खण्ड नेपाल माहात्म्य, आध्यात्मिक प्रवचन मार्फत नेपालको सम्पदाको जागरणमा निरन्तर अभियान गर्दै आएका छन्।
भजनलाई गुरुकुल प्रोडक्सन युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ भने राष्ट्रिय पोशाक घर, राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल, माण्डव्य ग्रुप अफ कम्पनिज, जरा ग्रुप लगायतले सहकार्य गरेका छन्।
भिडिओ:
प्रकाशित मिति: ८ कार्तिक २०८२, शनिबार














प्रतिक्रिया