काठमाडौं । अफगानिस्तान र पाकिस्तानबीच शान्ति वार्ता पुनः सुरु गर्ने सहमति भएको छ ।

पाकिस्तानले शान्ति वार्ताको विषय असफल भएको बताएको एक दिनपछि दुई देशबीच बिहिबार सो सहमति भएको हो । टर्कीको मध्यस्थतामा इस्तानबुलमा दुइ देशका अधिकारीहरुबीच छलफल भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

advertisement

यसै महिना भएको दुईदेशबीचको झडपमा परि दर्जनौंको नागरिकको मृत्यु भएपछि शान्ति वार्ता भएको हो । वार्ताका क्रममा पाकिस्तानी सुरक्षा अधिकारीले अफगानीस्तानले आफ्नो भूमिमा आक्रमण गर्ने योजना बनाउने माथि कारबाही गर्नुपर्ने बताएको समाचारमा उल्लेख छ । इस्लामाबादले तालिबानमाथि पाकिस्तानी तालिबानलाई आश्रय दिएको आरोप लगाउँदै अफगानिस्तानबाट पाकिस्तानी सेनामाथि आक्रमणको जोखिम देखिएको दाबी गर्दै आएको छ ।

तर आफगानीस्तानले भने सो आरोपको खण्डन गर्दै तालिबानमाथि नियन्त्रण नभएको प्रतिक्रिया जनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । सन् २०२१ मा अफगानीस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि यसै महिना दुई देशबीचको सीमा क्षेत्रमा झडप हुँदा दर्जनौं नागपरिकको मृत्यु भएको थियो ।

 

प्रकाशित मिति: १४ कार्तिक २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com