काठमाडौं ।  जापान र चीनबीच हुँदै आएको सी फुड अर्थात् समुद्री खानाको व्यपार पुनः सुरु भएको छ । चीनले लगाएको २ वर्षको प्रतिबन्धपछि जापानले आफ्नो देशबाट समुन्द्री खानाको निर्यात सुरु गरेको हो ।

सुनामीका कारण प्रभावित बनेको फुकुशिमा दाइची आणविक ऊर्जा केन्द्रबाट प्रशोधित फोहोर पानीको विषयलाई लिएर चिनले सो प्रतिबन्ध लगाएको थियो ।

advertisement

चीनले लगाएको प्रतिबन्ध फुकुवा गरेसँगै पछिल्लो पटक ६ टन बढी स्क्यालप नामक सी फुड निर्यात गरिएको जापानका सरकारी अधिकारीहरुले जनाएका छन् । अगस्ट २०२३ मा जापानी समुद्री खानामाथि प्रतिबन्ध लगाएपछि जापानले पहिलो पटक सो निर्यात गरेको हो ।

सन् २०११ मा गएको भूकम्प र सुनामीपछि जापानको आणविक केन्द्रमा क्षति हुँदा भण्डारण गर्नुपर्ने रेडियोधर्मी पदार्थ पानीमा मिसिएपछि समुन्द्र आसपास क्षेत्रका १८ हजार बढीको मृत्य भएपछि चीनले प्रतिबन्ध लगाएकमो थियो । त्यस पश्चात पनि सो सम्बन्धी समस्याका कारण २ हजार ३ सय जनाको मृत्यु भएको अल जजिराले जनाएको छ ।

प्रतिबन्धपछि चीनले पानी छोड्ने काम सुरक्षित रहेको जनाउँदै आएको छ भने संयुक्त राष्ट्रसंघको आणविक निगरानी संस्थाले समेत सो कदमलाई समर्थन गरेपछि चीनले प्रतिबन्ध खुला गरेको समाचामा जनाइएको छ ।

 

प्रकाशित मिति: २२ कार्तिक २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com