काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले सुशीला कार्की नेतृत्वको वर्तमान अन्तरिम सरकार विघटन गरी सर्वपक्षीय सरकार गठन गर्न माग गर्दै १० दिने अल्टिमेटम दिएको छ।
बुधबार पार्टीले राष्ट्रपति रामचन्द्र पौडेललाई १३ बुँदे ज्ञापनपत्र बुझाउँदै अन्तरिम सरकार तत्काल भङ्ग गर्नुपर्ने माग अघि सारेको हो।
ज्ञापनपत्रमा जेनजी विद्रोहको भावना अनुरूप विशेष परिस्थितिमा अपनाइने ‘आवश्यकताको सिद्धान्त’ प्रयोग गरी संविधान संशोधन गर्नुपर्ने माग समेत उल्लेख गरिएको छ।
ज्ञापनपत्रमा भनिएको छ, ‘यदि जनताका भावना, अग्रगामी राजनीतिक प्रस्ताव र जेनजीका आवाजहरूलाई समयमै सुनुवाइ गरिएन भने परिस्थिति पुनः विस्फोटक नहोला भन्न सकिँदैन। त्यसैले वर्तमान गम्भीर अवस्थालाई मध्यनजर गर्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का तर्फबाट तत्काल यी मागहरू पूरा गरेमा मात्र देशलाई सापेक्षिक शान्ति, स्थिरता र निर्वाचनतर्फ अघि बढाउन सकिन्छ भन्ने विश्वासका साथ यो ज्ञापनपत्र महामहिम राष्ट्रपति समक्ष पेश गरिएको हो।’पार्टीले १० दिनभित्र आफ्ना मागहरू सम्बोधन नभए सडक संघर्षमा उत्रिने चेतावनी पनि दिएको छ।


प्रकाशित मिति: ९ पुस २०८२, बुधबार












प्रतिक्रिया