काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले पदबाट राजीनामा दिने तयारी गरेका छन्। प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट प्रधानमन्त्री पदका उम्मेदवार बन्ने सहमति भएपछि उनले महानगरको जिम्मेवारी छोड्न लागेका हुन्।

आज बिहान मेयर बालेन र रास्वपा सभापति रवि लामिछानेबीच बालेनलाई रास्वपाबाट चुनाव लडाउने र प्रधानमन्त्रीको उम्मेदवार बनाउने विषयमा सहमति भएको स्राेतले बताएकाे छ। कानुनी प्रावधानअनुसार उम्मेदवार बन्न माघ ६ गतेभित्र महानगर प्रमुख पदबाट राजीनामा दिनुपर्ने बाध्यता रहेको छ।

advertisement

महानगरमा बालेनको कार्यकाल अझै करिब १६ महिना बाँकी रहे पनि उम्मेदवारीको तयारीका कारण उनले आगामी दुई हप्ताभित्र पद त्याग्ने तयारी गरेका हुन्।

मेयरका प्रमुख स्वकीय सचिव भूपदेव शाहका अनुसार केही बाँकी कामहरू टुंग्याएर प्राविधिक तथा राजनीतिक पक्षको मूल्यांकनपछि उपयुक्त समयमा राजीनामा दिइनेछ। उनका अनुसार राजीनामा प्रक्रिया करिब दुई हप्ताभित्रै सम्पन्न हुने सम्भावना रहेको छ।

प्रकाशित मिति: १३ पुस २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com