काठमाडौं । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले नक्कली आयोजक र नक्कली निम्तो पत्र बनाएर अमेरिका जाने तयारी गरेको खुलासा भएको छ ।

एक विज्ञप्ति जारी गर्दै एनआरएनए अमेरिकाले कुनै पनि युवा सम्बन्धी कार्यक्रम आयोजना नगरिएको र मन्त्री गुप्तालाई अमेरिका नबोलाइएको प्रष्ट पारेको छ ।

advertisement

तर, एनआरएन अमेरिकाको नाममा बब्लु गुप्ताको अमेरीकाको कार्यक्रम सत्य हो भनेर नक्कली प्रबक्ता बन्दै द्रोण गौतमको नाम बाट विज्ञप्ति जारी गरेर नक्कली निमन्त्रणाको ढाकछोप गर्न लागेको तथ्य बाहिरिएको छ।

एकै दिन जनवरी ८ मा जारी दुईवटै विज्ञप्ति मध्य आधिकारिक विज्ञप्तिले मन्त्री गुप्ताको एनआरएनको अमेरिकामा कुनै कार्यक्रम नभएको र एनआरएनको नाममा मानवतस्करी नगर्न सबैमा ध्यानाकर्षण गरेको छ।

दुई मध्ये कुन विज्ञप्ति आधिकारिक हो ?

  • तथ्य जाँच 

एनआरएन अमेरिकाको दुबै लेटरहेड को अग्रभागमा कुनै फरक छैन। इआइएन् नम्बर समेत एउटै छ। तर मन्त्री गुप्ताको ढाकछोप गर्न जारी गरेको ध्यानाकर्षण पत्रमा भएको पदाधिकारी तथा सदस्यहरुको नाम नै नक्कली बनाइएको छ।

प्रबक्ता भन्दै विज्ञप्ति जारी गर्ने द्रोण गौतमले नै मन्त्री गुप्तालाई सामाजिक संजाल फेसबुकमा ट्याग गर्दै उक्त ध्यानाकर्षण पत्र सार्वजनिक गरेका छन्। लेटरहेडमा थपिएका पदाधिकारी तथा सदस्यहरुको नाम ‘फेक’ भएको प्रष्ट देखिन्छ।

भिडिओ: 

मन्त्री गुप्ताको तिव्र आलोचना भएपछि जारी गरिएको नक्कली ध्यानाकर्षण विज्ञप्ति जारी गर्दा नै ध्यान नदिईएको पाइएको छ। यदि छुट्टै एनआरएन संस्था हो भने ईआइएन नम्बर किन एउटै राखिएको छ ? लेटरहेडको अन्त्यमा संस्थाको वेबसाईटको लिङ्क दुबै लेटरहेडमा एउटै nrnusa.org राखिएको छ। ठेगाना पनि एउटै छ। तर उक्त लिङ्क खोलेर हेर्दा मन्त्रीको ढाकछोप गर्न जारी ध्यानाकर्षण विज्ञप्तिमा भएका पदाधिकारी तथा सदस्य कसैको नाम देखिदैन।

उक्त वेबसाइट खोलेर हेर्दा मन्त्री गुप्ताको कुनैपनी कार्यक्रम नभएको भन्दै जारी गरिएको विज्ञप्ति देखिन्छ। दुबै विज्ञप्ति र एनआरएन अमेरिकाको वेबसाइट हेर्ने हो भने मन्त्री गुप्ताको अमेरिकाको भनिएको कार्यक्रम नै नक्कली भएको प्रष्ट हुन्छ।
मन्त्री गुप्ताले मन्त्री भएपछि प्राप्त रातो पासपोर्टमा नभई आफ्नो पुरानै पासपोर्टमा अमेरिकाको भिसा लगाएको उनी निकट स्रोतले जनाएको छ । रातो पासपोर्ट मन्त्री पद गुमेपछी राज्यलाई फिर्ता गर्नु पर्ने कानुनी व्यवस्था भएकाले मन्त्री गुप्ताले आफ्नो पुरानै पासपोर्टमा भिसा लगाउँदा पछि जुनसुकै देश जान पनि सहज हुने हुँदा उनले त्यो चलाखी गरेको देखिएको छ।

नक्कली एनआरएनको विज्ञप्ति बनाएर नक्कली निमन्त्रणाको ढाकछोप गरेका मन्त्री गुप्ता अहिले नैतिक संकटमा परेका छन्।

 

प्रकाशित मिति: २५ पुस २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com