काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ठुलो संख्यामा कर्मचारी माग गरेको छ। शुक्रबार सार्वजनिक गरिएको सूचनाअनुसार रास्वपाले विभिन्न पदका लागि ३२० जना कर्मचारी भर्ना गर्ने जनाएको हो।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तथ्याङ्क–आधारित निर्णय, रणनीतिक समन्वय, छिटो प्रतिक्रिया र प्रविधिमा आधारित डिजिटल क्याम्पेन रुम सञ्चालनका लागि कर्मचारी माग गरिएको पार्टीले जनाएको छ।

advertisement

निर्वाचन अभियानमा सहभागी हुन मिसन–केन्द्रित, नैतिक र उच्च कार्यसम्पादन क्षमता भएका व्यक्तिहरूले आवेदन दिन सक्ने सूचनामा उल्लेख छ।
रास्वपाका अनुसार राजनीतिक रणनीति, अनुसन्धान तथा विश्लेषण, डिजिटल मिडिया, फिल्ड अपरेसन, प्रविधि, प्रशासन र अनुगमन क्षेत्रका विभिन्न पदहरूमा आवेदन खुला गरिएको छ। आवेदन प्रक्रिया अनलाइनमार्फत हुने जनाइएको छ।

प्रकाशित मिति: २५ पुस २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com