काठमाडौं । नेपाली कांग्रेसले निर्वाचनका लागि उम्मेदवारी दर्ताको अन्तिम समयमा पनि ३ निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्ग्याउन सकेको छैन।
नेता मनोजमणि आचार्यका अनुसार चितवन–१, कैलाली–४ र पर्सा–२ मा अझै उम्मेदवार टुङ्गिन बाँकी छ।
चितवन–१ मा राजेन्द्र बुर्लाकोटी र विष्णु ढुङ्गानाबीचको विवादका कारण टिकट टुङ्गिन नसकेको आचार्यले बताए।
कैलाली–४ बाट उम्मेदवार बनाइएका वीरबहादुर बलायरले निर्वाचनमा नलड्ने निर्णय गरेपछि त्यहाँ नयाँ उम्मेदवार पनि अझै तय हुन सकेको छैन।
त्यसैगरी पर्सा–२ मा पनि कांग्रेसले उम्मेदवार टुङ्ग्याउन बाँकी छ। यसअघि यस क्षेत्रमा अजय चौरसियले निर्वाचन जितेका थिए, तर यसपटक उनलाई टिकट दिने कि नदिने विषयमा विवाद देखिएको छ।
प्रकाशित मिति: ६ माघ २०८२, मंगलबार













प्रतिक्रिया