काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँका १० वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कुल सात लाख १० हजार ७०८ मतदाता कायम भएका छन्। जिल्ला निर्वाचन कार्यालय काठमाडौँका अनुसार तीमध्ये तीन लाख ६४ हजार महिला, तीन लाख ४६ हजार ११६ पुरुष तथा सात जना अन्य मतदाता रहेका छन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ जिल्लामा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले जानकारी दिनुभयो।

advertisement

काठमाडौँ निर्वाचन क्षेत्र नं. १ मा २२ मतदान स्थल र ५७ मतदान केन्द्र छन्। यस क्षेत्रमा २५ हजार २५२ महिला र २३ हजार २३७ पुरुष गरी कुल ४८ हजार ४८९ मतदाता रहेका छन्।

निर्वाचन क्षेत्र नं. २ मा ४० मतदान स्थल र १०० मतदान केन्द्र कायम गरिएको छ। यहाँ ४५ हजार ३१५ पुरुष र ४३ हजार ३९३ महिला गरी कुल ८८ हजार ७०८ मतदाता रहेका छन्। काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता यही क्षेत्रमा रहेको निर्वाचन कार्यालयले जनाएको छ।

निर्वाचन क्षेत्र नं. ३ मा २९ मतदान स्थल र ७२ मतदान केन्द्र छन्। यस क्षेत्रमा ३२ हजार ९२३ महिला र ३१ हजार ५५६ पुरुष गरी कुल ६४ हजार ४७९ मतदाता रहेका छन्।

त्यसैगरी निर्वाचन क्षेत्र नं. ४ मा ३३ मतदान स्थल र ८८ मतदान केन्द्र छन्। यहाँ ३९ हजार ५९९ महिला र ३६ हजार ५४२ पुरुष गरी ७६ हजार १४१ मतदाता छन्।

निर्वाचन क्षेत्र नं. ५ मा ३१ मतदान स्थल र ९० मतदान केन्द्र कायम गरिएको छ। यस क्षेत्रमा ४० हजार ८३२ महिला, ३७ हजार २७८ पुरुष तथा अन्य चार जना गरी कुल ७८ हजार ११४ मतदाता रहेका छन्।

निर्वाचन क्षेत्र नं. ६ मा ३२ मतदान स्थल र ७९ मतदान केन्द्र छन्। यहाँ ३४ हजार ९५६ महिला, ३२ हजार ८०२ पुरुष र अन्य एक जना गरी कुल ६७ हजार ७५९ मतदाता रहेका छन्।

निर्वाचन क्षेत्र नं. ७ मा २९ मतदान स्थल र ७८ मतदान केन्द्र छन्। यस क्षेत्रमा ३४ हजार ७३८ महिला र ३२ हजार ६७३ पुरुष गरी कुल ६७ हजार ४११ मतदाता रहेका छन्।

निर्वाचन क्षेत्र नं. ८ मा २३ मतदान स्थल र ६५ मतदान केन्द्र कायम गरिएको छ। यहाँ २९ हजार ८९८ महिला र २७ हजार ९१३ पुरुष गरी कुल ५७ हजार ८११ मतदाता रहेका छन्।

निर्वाचन क्षेत्र नं. ९ मा ३४ मतदान स्थल र ९० मतदान केन्द्र छन्। यस क्षेत्रमा ४० हजार २७८ महिला र ३८ हजार २१७ पुरुष गरी कुल ७८ हजार ४९५ मतदाता रहेका छन्।

निर्वाचन क्षेत्र नं. १० मा ४७ मतदान स्थल र ९८ मतदान केन्द्र तोकिएका छन्। यहाँ ४२ हजार ७१६ महिला, ४० हजार ५८३ पुरुष तथा अन्य दुई जना गरी कुल ८३ हजार ३०१ मतदाता रहेका छन्।

जिल्ला निर्वाचन कार्यालयका अनुसार काठमाडौँ निर्वाचन क्षेत्र नं. १ मा ३०, क्षेत्र नं. २ मा २२, क्षेत्र नं. ३ मा २४, क्षेत्र नं. ४ मा २८, क्षेत्र नं. ५ मा २७, क्षेत्र नं. ६ मा २२, क्षेत्र नं. ७ मा २८, क्षेत्र नं. ८ मा २२, क्षेत्र नं. ९ मा २७ र क्षेत्र नं. १० मा २७ उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन्।

यसरी काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा गरी कुल २५७ उम्मेदवारले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन अधिकारी भट्टराईले जानकारी दिनुभयो।

प्रकाशित मिति: ८ माघ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com